Categories समाचार

भारततर्फ बिक्री गर्न लैजाँदै गरेको दुई हातीसहित तीन जना पक्राउ

वीरगञ्ज । ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले भारततर्फ बिक्री गर्न लैजाँदै गरेको अवस्थामा दुई वटा हातीसहित तीन जनालाई  पक्राउ गरेको छ।

प्रहरीले हात्तीसहित माउते भरतपुर महानगरपालिकाको वडा १८ जितपुर बस्ने ६० वर्षीय बुद्धिराम महतो, अर्का माउते सोही ठाऊ बस्ने ४० बर्षिय राजु कुमाल र हात्ती बिक्री गर्ने पर्सा पकहामैनपुर गाउँपालिका वडा न ५ सबैठवा बस्ने सफरोज आलमलाई पक्राउ गरेको हो।

Advertisement

नेपालबाट भारततर्फ हात्ती बिक्री गर्न लगिरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाको कमांडमा खटेको टोलीले तीनै जनालाई पकहा मैनपुर गाउँपालिकाको वडा न ५ पोखरिया टोलबाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

Advertisement

पक्राउ परेका हात्ती र मानिसलाई आवश्यक कारबाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाइने खनालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *