अन्जु कुमारी
वीरगंज । स्थानीय तह निर्वाचन २०७९ निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरुको भुमीका विषयक अन्तक्रिया कार्यक्रम आज वीरगंजमा सम्पन्न भएको छ ।
निर्वाचन आयोगको सहकार्यमा नेपाल कानुन समाजले वीरगंजको होटेल भिश्वामा आयोजना गरेको कार्यक्रममा निर्वाचान आचार संहिताका प्रमुख विषयहरु र सरोकारवालाको भुमीकाका विषयमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह सचिव विष्णुदत्त गौतमले प्रस्तुतीकरण दिनुभएको हो ।
त्यस्तै स्थानीय सरकार निर्वाचन खर्च र प्रचार प्रसार तथा निर्वाचन आचार संहिताको कार्यान्वयन तथा अनुगमनका सम्बन्धमा नेपाल कानुन समाजका कार्यकारी सदस्य तथा पुर्व कानुन सचिव माधव पौडेलले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरुले निर्वाचन आयोगले जारी गर्ने निर्वाचन आचार संहिता पालना नभएको तथा पालना गराउने कार्यमा निर्वाचन आयोग तथा अनुगनमन समितिको भुमीका फितलो हुने गरेको गुनासो गरेका थिए । सहभागीहरुले निर्वाचन आयोगले तोकेको , दल र प्रतीनिधीको खर्च नियमन र आर्थिक श्रोत बारे पनि जिज्ञासाहरु राखेका थिए।
पहिलेको भन्दा पछिल्लो समय निर्वाचन खर्चिलो हुँदै गएको प्रती सम्बन्धीत निकाय मौन बसेको तथा आगामी दिनमा चुनावी खर्चले झन् सिमा नाघेर जाने र नैतीक रुपमा चुनावमा जान चाहने प्रतीनिधीले चुनाव जित्न असम्भव जस्तै हुने सहभागीहरुले बताएका थिए ।
जनकपुर अस्थायी उच्च अदालत वीरगंजको मुख्य न्यायाधिश शारगां सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतीनिधी , विभिन्न संघसंस्थाका प्रतीनिधी , अधिवक्ता , पर्सा जिल्ला अदालतका न्यायधिशहरु , जिल्ला प्रशासन कार्यालय पर्साका प्रमसख जिल्ला अधिकारी उमेश ढकाल , प्रहरी उपरीक्षक रमेश बस्नेत , विभिन्न संचारमाध्यममा आबद्ध संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
नागरीक संवाद केन्द्र मधेश प्रदेशकी अधिवक्ता रेखा झाले संचालन गर्नुभएको कार्यक्रममा कार्यक्रम बारे नेपाल कानुन समाजकी सदस्य एव् अधिवक्ता सरस्वती श्रेष्ठले प्रकाश पार्नुभएको थियो भने सानो पाईलाकी उपाध्यक्ष डा.सुस्मा तिवारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।







