Categories समाचार स्वास्थ्य

क्लबद्वारा आक्सिमक रक्तदान कार्यक्रम सम्पन्न

Advertisement

वीरगंज । माई फिटनेस जिम क्लबकाे आयाेजनामा शनिबार वीरगंजमा आक्सिमक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेशनल मेडिकल कलेज नजिक रहेकाे क्लब परिसरमा भएकाे कार्यक्रममा ४ महिलासहित ५७ जनाले रक्तदान गरेकाे एमएस धोनी फ्यान क्लबका विक्की सर्राफले जनाकारी दिए । 

कार्यक्रममा सिमरन पाण्डे,  सुस्मी थापा , नेहा साह, राजेश साह, करन पाण्डे, बुनिलाल चौरसिया, विक्की चौरसिया, प्रिन्स जयसवाल, पप्पु गुप्ता, राम विनय कुमार, सुरज चौरसिया, सौरभ चौरसिया, उदिप साह, अजय गुप्तालगायतले रक्तदान गरेकाे सर्राफले वताए ।

Advertisement

किङ्गस लाउन्स र एमएस धोनी फ्यान क्लब वीरगञ्जको सहयाेगमा भएकाे कार्यक्रममा रक्त सञ्चार केन्द्र वीरगंजका प्रमुख सराैभ राज पाण्डे नेतृत्वकाे प्राविधिकहरुले प्राविधिक सहयोग गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *