वीरगंज । मधेस प्रदेश भित्र रहेको एक मात्र जेठो अस्पतालको रुपमा चिनिदै आइरहेको नारायणि अस्पतालमा ७ बर्ष पछि बल सिटिस्क्यान मेसिन सुरु भएको छ । लामो समय देखि गरीब तथा बिपन परिवारका मानिसहरुले महुगो शुल्क तिरेर निजि अस्पतालमा सिटिस्क्यान गर्दै आइ रहेका थिए ।
बारा ,पर्सा, रौतहट ,सर्लाही सहित अन्य प्रदेश बाट समेत उपचार गराउन नारायणी अस्पतालमा बिमारीहरु आउने गर्छन । अहिले कोरोना भाइरलको लागि छुटाएको रकमले करीब ३ देखि ४ कोरोड को लागतमा सिटिस्क्यान मेसिन खरीद गर्न सफल भएको मेसु बिरेन्द्र बहादुर प्रधानले जानकारी दिएका छन ।
गरीब तथा बिपन्न परीवार ब्यक्तिहरुलाइ डाक्टरको सिफारिस गरेको अवस्थामा सिटिस्क्यानमा बीस प्रतिशत छुट दिने ब्यवस्था गरेको मेसु प्रधानले जानकारी गराएका छन । `उनले भने´ सरकारले ल्याएको स्वास्थ बिमा गराएको खण्डमा उनीहरुको उपचार गर्नमा सर्हज हुने भएकोले सरकारको योजना नै यस्ता बिपन्न गरीबहरुको उपचार गर्नमा ठुलो मद्दत पुग्ने भएकोले यसबारेमा प्रचारप्रसार गरेर जानकारी गराउना अति आवश्यक रहेको मेसु प्रधानले बताए ।
नारायणी अस्पतालमा अहिले ९ वटा सिटि स्क्यान मेशिन रहेकोमा ६ वटा मेशिन शुचारुप भइरहेकोले अब गरिव तथा विपन्न मानिसहरु बाहिर जानुपर्ने झन्झट हटेको मेसु प्रधानको दावी रहेको छ । उक्त ३ वटा विग्रिएको मेशिन समेत मर्मत गर्ने तयारी रहेको बताएका छन् । नारायणी अस्पतालमा अहिले स्वास्थ्य बिमा गराएका मानिसहरुले ८०% प्रतिशत अौषधि उपलब्ध भइरहेको तर टेन्डरमा लगाएको प्रकृया भने केही समस्या रहेकोले त्यो पनि चाडैं समाधान हुने मेसुको दाबी रहेको छ।







