Rato Pana
समाचार

पर्साको पोखरीयामा मोटरसाइकल एकआपसमा ठोकिदा २ जनाको मृत्यु

Advertise:
Advertise:
Advertise:

वीरगन्ज । पर्साको पोखरीयामा बिहिबार दुइ वटा मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।

पर्साको पोखरीया नगरपालिका ४ स्थित नहरछेउको सडकमा आज बिहान करिब साढे १० बजे विपरित दिशामा रहेका ना ३ प १०२६ र प्रदेश २–०३–००४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् । दुर्घटनामा दुवै मोरटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा पर्साको धोबीनी गाँउपालिका २ गुलरीयाका ३५ वर्षिय ललन पटेल र पर्साकै सखुवा प्रसौनी ५ एकडरवाका २९ वर्षका हसिन्दर सहनी रहेका छन् । दुर्घटनामा मोटरसाइकलमा सवार रहेका धोेबीनी २ का ३० वर्षिय रोजदिन मया , सखुवा प्रसौनी ५ एकडरवाका रन्जित महत्तो र त्यहि ठाँउका १९ वर्षिय सुपेन राउत गम्भिर घाइते भएका छन् ।

घाइते तीनै जनाको वीरगन्ज स्थित नारायणी अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो । तिब्र गतिमा रहेका दुवै मोटराइकल आपसमा ठोक्किएर दुर्घटना भएको खनालले बताउनुभयो ।

Advertise: Advertise:

Related posts

Leave a Comment