Categories समाचार

गाउँपालिकाका अध्यक्षसहित २७ जनाविरुद्ध भ्रष्टाचार गरेको दाबी

Advertisement

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्षसहित २७ जनाविरुद्ध विद्युतीकरण गर्दा भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दर्ता गरेको छ।

गाउँपालिकामा विद्युतीकरण गर्ने क्रममा सामानको मूल्यमा घोटाला गरेको, चाहिनेभन्दा बढी सामानको बिल बनाएर भ्रष्टाचार गरेको भन्दै गाउँपालिकाका अध्यक्षसहित विभिन्न वडाका विद्युत् उपभोक्ता समितिका पदाधिकारीविरुद्ध छुट्टाछुट्टै बिगो माग दाबी गर्दै मुद्दा दर्ता गरिएको हो।

Advertisement

गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काविरुद्ध ४ करोड २१ लाख रूपैयाँ बिगो असुल उपर हुनुपर्ने माग दाबी लिइएको छ। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपानेविरुद्ध १ करोड १२ लाख ८२ हजार र तत्कालीन लेखापाल दुर्गाबहादुर डिम्दोङ तामाङविरुद्ध १ करोड २६ लाख ७५ हजार रूपैयाँ बिगो माग दाबी गर्दै अख्तियारले मुद्दा दर्ता गरेको छ।

Advertisement

गाउँपालिकाका विभिन्न वडाका विद्युत् उपभोक्ता समितिका अध्यक्ष, पदाधिकारीसमेत २७ जनाउपर गैरकानुनी लाभ लिएर सरकारी सम्पत्तिमा हानि पुर्‍याई भ्रष्टाचार गरेको भन्दै अख्तियारले आरोपपत्र दर्ता गरेको हो।

लिखु तामाकोसी–५ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष बेतबहादुर पुँवार, कोषाध्यक्ष ममिता श्रेष्ठ र सचिव सुब्बा थापा मगरविरुद्ध संयुक्तरूपमा ३५ लाख २ हजार रूपैयाँ माग दाबी लिइएको छ। त्यसैगरी, लिखु–५ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष सुनबहादुर तामाङ, कोषाध्यक्ष करिष्मा परियार र सचिव दलबहादुर तामाङविरुद्ध ३७ लाख ८६ हजार रूपैयाँ माग दाबी लिइएको छ।

लिखु–४ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर महत, कोषाध्यक्ष अनीता श्रेष्ठ र सचिव डिल्लीबहादुर सुनुवारविरुद्ध संयुक्त रूपमा ४२ लाख ५३ हजार रूपैयाँ अख्तियारको माग दाबी छ।

यो समाचार नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *