Categories राजनीति समाचार

अध्यक्ष नेपालको स्वास्थ्य अवस्था बुझ्न सम्मानित नेता खनाल अस्पतालमा

Advertisement

नेपालअखबार, काठमाडौ । नेकपा एकीकृत समाजवादीका  सम्मानित नेता झलनाथ खनाल अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएको छ  ।

अध्यक्ष नेपाललाई ज्वरोसहित रुघाखोकी र छाती दुख्ने समस्या देखिएपछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको थियो ।

Advertisement

अध्यक्ष नेपालको स्वास्थ्य अवस्था बुझ्न खनाल बुधबार पौने १ बजे अस्पताल पुगेको खनालको सचिवालयले जनाएको छ । अध्यक्ष नेपालको अहिले स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।  क्रमशः सुधार हुँदै गए बिहीबार नेपाललाई डिस्चार्ज गर्ने अस्पताल स्रोतले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement