Advertise: Advertise:
Advertise:
पर्सा । सिरहा सशस्त्र प्रहरीले प्रतिवन्धित लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल ७ न गण सिरहाले सशस्त्र प्रहरी उपरीक्षक गणपति रमेश कुमार थापाको टोलिले प्रतिवन्धित लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ । सोही अनुसार भारतबाट नेपाल ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरीले लागु औषध सहित २ जनालाई नियन्त्रणमा लिएको छ भने २ जना फरार भएको छ ।
ठाडीबाट लाहान आउदै गरेको बिआर ३२ एडी २६२७ नम्बरको भारतीय मोटरसाईकलमा सवार व्यक्तिहरुलाई चेकजाँच गर्ने क्रममा सिराहाको लाहान नगरपालिका वडा नम्बर २३ बस्ने बर्ष ३० का अजय सहनी र सोही स्थानका बर्ष २७ का शंकर सहनीलाई प्रतिबन्धित लागूऔषध सहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट २९९ एम्पुल नुर्फिन, २४० थाल प्रोमीथाईजीन हाइड्रक्लोराईड इन्जेक्सन र २८० एम्पुल डाईजेपाम बरामद भएको सशस्त्र प्रहरी बल नेपाल ७ न गण सिरहाका सशस्त्र प्रहरी उपरीक्षक गणपति रमेश कुमार थापाले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीले उनीहरुसँगै रहेका अन्य दुईजना लाहान नगरपालिका वडा नम्बर २३ का रंजित सहनी र बिहार १० का अर्जुन राम भने फरार भएको र उनीहरुको पनि खोजी भईरहेको उहाँले बताउनुभयो । बरामद गरिएको लागूऔषध र मोटरसाईकल सहित पक्राउ परेका दुवैजनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिराहाको जिम्मा लगाईने सिरहाका सशस्त्र प्रहरी उपरीक्षक गणपति रमेश कुमार थापाले जानकारी दिनु भयो ।
सशस्त्र प्रहरी बल नेपाल नं.७ गण सिरहाका सशस्त्र प्रहरी उपरीक्षक गणपति थापाका अनुसार सशस्त्र प्रहरीलाई देख्न साथ पक्राउ परेका दुबै जनाको सगै रहेका लहान नगरपालिका २३ वस्ने रंजित सहनी र भारती नागरिक र अजुर्न कुमार राम फरार भएको छ । फरार भएका दुवैको खोजी कार्य तिव्र गरिएको छ भने पक्राउ परेका दुबै जनालाई नेपाल प्रहरीको जिम्मा लगाई थप अनुसंन्धान थालिएको सशस्त्र प्रहरी उपरीक्षक गणपति थापाले बताएका हुन् ।
