वीरगन्ज । ज्ञापन पत्रको जवाब लीन पुगेका टोलीलाई नगरपालिका भित्र छिर्न नदिएपछी विवाद भई झडप भएको छ । झडपमा परी एमाले नेता शिव पटेल लगायत केही कार्यकर्ताहरु समान्य घाईते भएका नेता पटेलले बताए । बहुदरमाई नगरपालिका कार्यालय रहेको क्षेत्रमा व्यापक संख्यामा नगर प्रमुख साहले कुटपिट गर्ने मनसायले सुंयोजित रुपमा आफ़ना आसेपासे तथा भाडामा बोलाईएका गुंडालाई आगाड़ी देखी नै परिचालन गरेको नेता शिव पटेलले आरोप लगाए ।
विभिन्न १९ बुँदे माग राख्दै नेकपा एमाले पार्टीका नगर कमिटीले बहुदरमाई नगरपालिकामा चैत्र १० गते ज्ञापन पत्र बुझाएको थियो साथै त्यही ज्ञापन पत्र मार्फत ७ दिन भित्र माँग सम्बोधन नभए चरमबध आन्दोलन गर्ने चेतावनी समेत दिएको थियो । उक्त ज्ञापन पत्र बुझदै निमित कार्यकारी अधिकृत बिदुर प्रसाद उप्रेतीले ७ दिन भित्र माँग सम्बोधन गरिने बताएका थिए ।
७ दिन पछी नगरपालिकामा जादा अहिले पूरा भएको छैन भन्दै अधिकृत उप्रेतीले ३ दिनको समय माँगेका थिए । ३ दिन पछी आज जादा अगाडी देखी नै कुटपिट गरी भगाई दिने योजना बनाई नगरप्रमुख साहले नगरपालिका कार्यालय अगाडी टोले गुंडा लिएर उभेका थिए । नगर प्रमुखले साहले नगरपालिकामा गरेको व्यापक भ्रष्टचार लुकाऊँन यो सबै गर्न लागेको नेता पटेलले बताए ।
यता नगरप्रमुख साहले झडप भएको कुरा अस्वीकार गरे । म कार्यलयमा थिए उहाँहरु आऊनु भयो र के कसरी झडप भयो भने मलाई थाह नभएको बताए । उनीसंग सोध्दा त्यती भिड कहाँबाट आयो भने उहाँहरुले आज कार्यलयमा तालाबन्दी गरिने भने फेसबुकमा राखनु भएको थियो त्यो कुरा हेरेर मानिसहरुको अगाडी देखी नै भिडभाड रहेको उनले बताए ।







