Rato Pana
समाचार

६५ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शैक्षिक सामग्री बितरण

वीरगन्ज । आज मर्यादित ब्यवसाय र प्रबिधिमा सहकारी नाराको साथमा ६५ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा उपयोगी बचत तथा ऋण सहकारी सस्था लि पर्सागढी न.पा –५ पर्सा सहयोगमा र को–अपरेटिभ लिडर्स कल्ब पर्साले पर्सागढी न.पा.–४ मा रहेको श्री नेपाल राष्ट्रिय अधारभुत बिधालयको सय जना छात्र छाात्रालाई शैक्षिक सामग्री बितरण गरेको छ ।

को–अपरेटिभ लिडर्स कल्ब पर्साका अध्यक्ष रामनिवास देहातीको अध्यक्षतामा सम्पन्न सो कार्याक्रममा प्रमुख अतिथी नेफस्कुनका संचालक हरेराम पटेलले मैनबत्ती बाली उद्दघाटन गर्नु भएको थियो भने बिशिष्ट अतिथीमा पर्सागढी न.पा वार्ड न. ४ का वडा अध्यक्ष समसुदिन साह देवान बिधालय ब्यवस्थापन समितीका अध्यक्ष आदेश ठाकुर अतिथी हरुमा किसुदेव प्रसाद , सत्यनाराण महतो लालबहादुर महतो रितेश यादब लगाएतको उपस्थिती रहेको थियो ।

स्वागत मन्तव्य बिधालय ब्यवस्थापन समितीका अध्यक्ष आदेश ठाकुरले दिनुभएको थियो भने कार्यक्रम संचालन दिब्य सकोसका अध्यक्ष धर्मराज कुशवाहाले गरेका थिए।

सम्वन्धित समाचार

Leave a Comment