Categories अर्थ समाचार

आठ महिनामा साढे ३२ अर्बको सुन नेपाल भित्रियो

काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनामा अघिल्लो आवको सोही अवधिको भन्दा दोब्बर सुन आयात भएको छ । गत आवको पहिलो आठ महिनामा १६ अर्ब ३६ करोड २५ लाख रुपैयाँ बराबरको सुन आयात भएकोमा चालू आवमा ३२ अर्ब ६८ करोड ४१ लाख रुपैयाँको आयात भएको हो।

भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि फागुनसम्ममा सुन आयातमा ९९ प्रतिशतले वृद्धि भएको छ। सुनको मूल्य बढेकाले ठूलो रकमको सुन आयात भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले मूल्य बढेका कारण आठ महिनामै ३२ अर्बको सुन आयात भएको बताए ।

Advertisement

परिमाण भन्दा पनि रकमका आधारमा सुनको आयात धेरै देखिएको उनको भनाइ छ। आठ महिनामा ३२ अर्बको सुन आयात हुनु सामान्य हो । यो वर्ष मूल्य बढेका कारणले गर्दा पनि रकममा धेरै देखिएको हो उनले भने ।

Advertisement

मूल्य बढेकाले स्थानीय बजारमा कारोबार ५० प्रतिशतले गिरावट आएको उनको भनाइ छ। सामान्य अवस्थामा दैनिक २५ देखि ३० किलो सुन विक्री हुने गरेकोमा अहिले आधाले घटेको उनले बताए ।

यो खबर आजको कारोबार दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *