Categories समाचार

बीरगन्जबाट पथलैया जाँदै गरेका दुई वटा ट्रक प्रहरी नियन्त्रणमा

Advertisement

बीरगन्ज । सशस्त्र प्रहरीले बीरगन्जबाट दुई वटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ । प्रज्ञापन पत्र बेगर बीरगन्जबाट पथलैया जाँदै गरेका दुई वटा ट्रक प्रहरीले मंगलबार राति नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ट्रकमा ना ७ ख ९४२ र ना २ ख ९५४३ रहेका छन् । सशस्त्र प्रहरी बल १३ नम्बर मुख्यालय पर्साबाट खटिएको टोलीले राति साढे ८ बजे ट्रक नियन्त्रणमा लिएको हो । ना ७ ख ९४२ नम्बरको ट्रकमा ५१ लाख ९२ हजार रुपैयाँ बराबरको कपडा र मालसामान रहेको उक्त मुख्यालयले जनाएको छ ।

Advertisement

यस्तै, ना २ ख ९५४३ नम्बरको ट्रकमा ९४ लाख ५३ हजार रुपैयाँ बराबरको मेडिकल सामग्री, औषधी र खुद्रा सामानहरू थिए । प्रहरीले दुबै ट्रकलाई आवश्यक कारबाहीका लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *