Categories राजनीति समाचार

मधेसकेन्द्रित दलका नेताहरू मधेसमा विभिन्न रणनीति बनाई सक्रिय

काठमाडौं । १८ प्रतिशत स्थानीय तह ओगटेको मधेस प्रदेशमा तराई/मधेस केन्द्रित दलका नेताहरूको दौडाधुप सुरु भएको छ। ७ सय ५३ स्थानीय तहमध्ये १ सय ३६ स्थानीय तह मधेस प्रदेशमा छन् । त्यसैले मधेसकेन्द्रित दलका नेताहरू मधेसका बढी भन्दा बढी स्थानीय तहमा विजयी हुन विभिन्न रणनीति बनाई सक्रिय भएका छन्।

अहिले तराई/मधेसकेन्द्रित दलका धेरैजसो नेता मधेसका विभिन्न जिल्लामा छन्। पार्टीका शीर्ष नेताहरू काम विशेषले काठमाडौं आए पनि एक या दुई दिन मात्र काठमाडौं बस्ने गरेका छन् । उनीहरू पुनः मधेसमै फर्कने गरेका छन्।

Advertisement

यहाँसम्म कि भरखरै पार्टी खोलेका जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी पनि लामो समयदेखि मधेसमै छन् । जनता समाजवादी पार्टीले आफ्ना सबै केन्द्रीय सदस्यहरूलाई चुनाव सम्पन्न नभएसम्म अनिवार्य आफ्नो पालिकामा बस्न उर्दी जारी गरेको छ। 

Advertisement

यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टीका सबैजसो शीर्ष नेताहरू शरत्सिंह भण्डारी, अनिल झा, सर्वेन्द्रनाथ शुक्ल अहिले मधेसमै छन्। लोसपाका नेता राजेन्द्र महतो शुक्रबार राति जनकपुरबाट काठमाडौं आए। शनिबार एक दिन मात्र काठमाडौं बसेर आइतबार बिहानै उनी पुनः जनकपुर फर्कने भएका छन् ।

आजको नागरिक दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *