Categories समाचार

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

Advertisement

उदयपुर । आफ्नै श्रीमती ३८ वर्षीया नानुमाया दाहालको हत्या गरेको अभियोगमा कटारी नगरपालिका-५ सिसाघारी बस्ने ४२ वर्षीय पोष्टराज दाहाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पोष्टराजले बसिरहेको अवस्थामा चिर्पटले प्रहार गर्दा नानुमायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

कैलाली, आफ्नै ४४ वर्षीय श्रीमान् नारायण बुढामगरको हत्या गरेको अभियोगमा मोहन्याल गाउँपालिका-१ राक्सा बस्ने ३३ वर्षीया थुमा थापामगरलाई गएराति प्रहरीले नियन्त्रणमा लिएको छ । घरायसी बिबादको क्रममा हसियाले प्रहार गरी नारायणको हत्या पश्चात आफै ईलाका प्रहरी कार्यालय पण्डौनमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

Advertisement

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *