Rato Pana
समाचार

स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गरिने

काठमाडौं । आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गरिने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना २०७८ जारी गरेपछि सेना परिचालन गर्ने बाटो खुलेको हो । उक्त योजनामा सेना परिचालन गर्ने व्यवस्था छ ।

निर्वाचनमा सुरक्षा निकायलाई एकीकृत तथा समन्वयात्मक बनाउन नेपाली सेना परिचालन गर्नुपर्ने सिफारिस राष्ट्रिय सुरक्षा परिषद्ले चैत १७ गते मन्त्रिपरिषद्मा गरेको थियो । मन्त्रिपरिषद्ले चैत २४ गते त्यस्तो निर्णय गरेको थियो ।

योजना स्वीकृतिका लागि चैत २४ गते नै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना जारी गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

सम्वन्धित समाचार

Leave a Comment