Categories राजनीति समाचार

नेकपा माओवादी केन्द्र वीरगञ्जका अध्यक्ष अन्सारी साधारण सदस्यसमेत नरहने गरी निष्कासित

Advertisement

वीरगञ्ज । नेकपा माओवादी केन्द्र वीरगञ्ज महानगरपालिकाका अध्यक्ष रहबर अन्सारीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरिएको छ ।

अध्यक्ष अन्सारीसहित उपाध्यक्षद्वय अनुरुद्ध यादव र जुम्मादिन अन्सारीलाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको नेकपा माओवादी केन्द्र पर्साका ईन्चार्ज बिजय महतो र जिल्ला संयोजक रामदरश कुशवाहाद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Advertisement

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति पर्साको पार्टी कार्यालय तोडफोड गरी जिल्लाका जिम्मेवार नेतृत्वहरुलाई गाली गलोज गराउन लगाएर देशी तथा विदेशी प्रतिक्रियावादीहरुको ईशारामा पार्टीलाई बदनाम गर्ने कार्य गरेको विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

विज्ञप्तीमा लेखिएको छ,‘स्थानीय चुनावमा समेत धक्का पार्ने कार्य, अनुशासन हिन, गुण्डागर्दी, अराजक गतिविधि गर्ने गराउने गरेको हुँदा पार्टीबाट निष्कासन गरिएको छ ।’

यसअघि नेकपा माओवादी केन्द्रबाट वीरगञ्ज महानगरपालिकाको मेयरमा पराजित भएका अन्सारी निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यमा पनि पराजित भएका थिए । नजिकिदै गरेको स्थानीय तहको निर्वाचनमा पनि माओवादी केन्द्रबाट अन्सारी नै सम्भावित उम्मेदवारी थिए । अब उनी नै पार्टीबाट निष्कासित भएपछि मेयरको उम्मेदवार को भन्ने अनिश्चित भएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *