Categories समाचार

स्कार्पियो दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते

Advertisement

वीरगञ्ज ।  बाराको सिमराबाट हेटौडातर्फ जाँदै गरेको स्कार्पियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको आधाभार जंगलमा बिहीबार बिहान स्कार्पियो दुर्घटना चालकको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । 

बा १९ च ४३७७ नम्बरको स्कार्पियो अनियन्त्रित भइ सडकमा पल्टिएर भएको दुर्घटनामा स्कार्पियो चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ११ का २५ वर्षीय लोकनाथ सेढाईको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक (डिएसपी) राजेश थापाले जानकारी दिए । 

Advertisement

दुर्घटनामा गम्भीर घाइते भएका पर्साको विन्दवासीनी गाउँपालिका वडा नम्बर २ का २२ वर्षीय प्रेम साह, सोही ठाउँका १२ वर्षीय राजु गुप्ता र जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ कि निर्मला देवी साहको वीरगन्जस्थित बयोद्या अस्पतालमा उपचार भइरहेको छ । 

Advertisement

डिएसपी थापाका अनुसार घाइतेको सिमरास्थित अल्पाइन अस्पताल र वीरगन्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *