Categories समाचार

कलैयामा रेडियो बाराको अनलाइन प्रसारण बिधिबत रुपमा सुरु

Advertisement

बारा । मधेस प्रदेसको बारा जिल्लाको कलैया उपमहानगरपालिका स्थित रेडियो बारा बिधिबत रुपमा अनलाइनमा प्रसारण सुरु गरिएको छ।

कुनै पनि देशमा संचार माध्यमको निकै नै अहम भुमिका भएको हुनाले संचार माध्यमहरुको भिडमा हाम्रो एउटा छुटै सत्य, तथ्य,निश्पक्ष एंम स्वस्थ खबरको समबावह बनी समाजमा भए गरेका घटनालाई जस्ताको त्यसतै प्रस्तुत गरि ध्यानाकर्षण गराउने छ र यसका साथै सम्बन्धित निकायलाइ समेत सुचित गरि उक्त घटना सम्बन्धमा थप जिम्मेवार बनाउन अहम भुमिका निर्वाह गर्ने लक्ष्य रहेको संस्थाका अध्यक्ष रामानन्द प्रसाद यादवले बताए ।

Advertisement

ब्यक्ती ब्यक्ती मिलि समाज,समाज समाज मिलि गाउँ शहर गाउँ शहर मिलि जिल्ला ,जिल्ला जिल्ला मिलि प्रदेस,प्रदेस प्रदेश मिलि देशको निर्माण भएको हुन्छ सोही अनुरुप हाम्रो यो संचार गृहले आफनो सामजमा भएका घटनाहरु बारे सत्य,तथ्री,निस्पक्ष, स्वस्थ खबर समप्रेशन गरेर हामी आफनो समाज का लागि आइनाको ब्यवहारका साथ अगाडि बढ्ने रेडियो बाराका प्रबन्धक संतोष प्रसाद यादवले बाताए।

Advertisement

नया बर्षको शुभ अवसरमा आजदेखी अनलाइन माध्यमबाट रेडियो बाराको प्रशारण शुभ आरम्भ भएकोमा सिआइएन नेपालका प्रबन्धक अनिल बर्मा नया बर्षको शुभकामना संगै रेडियोको भुमिका जुन हुनु पर्ने हो त्यो हाम्रो समाजका लागि निर्वाह गरि अगाडी बढ्न माता गढी माई संगै सरस्वती संग कामना गरेका थिए।

दलगत भावना भन्दा माथी उठेर कुनै गुट उपगुटको पक्ष वा विपक्षमा समाचार नगरी एउटा मानव धर्म लाई मात्र अंगाली मानवताको कल्याण हेतु कार्य गर्नुको साथै देशको राष्ट्रिय अखण्डता एवं राष्ट्रियता लाई आफ्नो भुमिका निर्वाह गर्न वर्माले आग्रह गरेका थिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *