Categories समाचार

सत्तारुढ राजनीतिक दल ले भागबण्डा टुंगो लगाउन असफल

Advertisement

काठमाडौं । सत्तारुढ पाँच राजनीतिक दलहरू महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको भागबण्डा टुंगो लगाउन असफल भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दुईपटक बसेको शीर्ष नेताहरूको बैठकमा भरतपुर, वीरगन्ज, पोखरा महानगरपालिकाको दाबी प्रमुख तीन दलले नै नछाडेपछि भागबण्डा नमिलेको हो।

काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको प्रमुख कांग्रेसलाई दिन गठबन्धनका दलहरू सहमत भइसकेका छन्।बैठकमा सत्ता गठबन्धनमा रहेका अन्य तीन दलले ११ उपमहानगरपालिकामध्ये कांग्रेसलाई पाँच दिने प्रस्ताव गरेका छन्।

Advertisement

अन्य तीन दलले दुईदुई उपमहानगरपालिका लिने प्रस्ताव गरेका थिए। तर काँग्रेसले पाँच उपमहानगरपालिकामा चित्त नबुझाएको बैठकमा सहभागी एक नेताले बताए।

Advertisement

आजको नागरिक दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *