Categories हाइलाइट-समाचार

नगरप्रमुख सरावगीले पदबाट राजीनामा दिए

Advertisement

पर्सा । बीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले पदबाट राजीनामा दिएका छन् । स्थानीय तहको चुनावमा उम्मेदवार बन्न जनप्रतिनीधिले राजीनामा दिनैपर्ने सर्वाेच्चको निर्णय अनुसार सरावगीले पदबाट राजीनामा दिएका हुन् ।

सरावगीले महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीलाई बिहिवार बुझाएको राजीनामा शुक्रवार स्विकृत भएको छ । नेकपा एमालेबाट पुनः मेयरका उम्मेदवारसमेत रहेका सरावगीले निर्वाचन आयोगको आचारसंहिता अनुसार मनोनयन दर्ता हुने समयभन्दा अगाडी राजीनामा बुझाएका हुन् ।

Advertisement

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बैशाख ११ देखि १२ गतेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *