Categories राजनीति विचार साहित्य कला

राष्ट्रिय राजनीति र स्ववियू निर्वाचन

Advertisement

राजनीति बास्तबमै बुझे जस्तो अनि बुझ्न एकदमै अफ्ट्यारो बिषयबस्तु हो जस्तो लाग्छ । आज म जे जती यस बिषयमा लेख्दै छु त्यो सबै भाबनात्मक रूपमा बुझेको राजनीति रहने छ । राज्यको नीति वा राज गर्ने नीति जुनसुकै रूपबाट लिनुहोस आखिर कुरा उही नै हो । राजनीति बुझ्दिन र जान्दिन भन्ने छुट कोही पनि जनतालाई छैन जस्तो लाग्छ ।

गोपाल बंश देखी बिभिन्न कालखण्ड पार गर्दै बाईसे चौबिसे राज्यको एकिकरण पश्चात नै नेपाल आधुनिक राजनीतिमा प्रबेश गर्यो । त्यपश्चात पनि राणा शासन, पंचायत लोकतन्त्र , गणतन्त्र को प्रतिफल स्वरूप “नेपालको संबिधान “२०७२ मा जारी भयो । नेपाली जनताले ७० बर्ष देखि आशा गरे अनुरूपको विश्वकै उत्कृष्ट संबिधान कार्यन्वयनमा आयो । त्यो क्षण नेपाली जनताको लागी राजनैतिक रूपमा महान चाड स्वरूप थियो ।

Advertisement

नेपाली जनताको आशा थियो अब देशमा यूवा पिढिले शासन संचालन गर्ने छन र समृद्द नेपाल सुखी नेपाली को नारालाई सर्वमान्य तुल्याउने छन । तर सोचे जस्तो हुन सकेन राष्ट्रिय राजनीतिमा यूवा बर्गले सोचे जस्तो ठाउ पाउन सकेनन । यसरी झट्ट हेर्दा राजनीतिक दलको दोष देखिएता पनि यसको वास्तविकता भने बिगत लामो समय देखि हुन नसकेको स्ववियू निर्वाचन पनि एक हो । के हो त स्ववियु ? स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू ) बिशेष गरी विद्यार्थीहरूको शैक्षिक हक,अधिकार र अवसरका लागि सौदावाजी गर्ने  संस्थागत निकाय हो। जसकारण, स्ववियुलाई विश्वविद्यालयले यसको आवस्यकतालाई आत्मसात गर्दै नियमसंगत रूपमा मान्यता प्रदान गरेको छ भने एक विश्वासिलो सहयोगीको रूपमा अगालेको छ ।

Advertisement

स्ववियु यस्तो निकाय हो जसले विश्वविद्यालय संग सरोकार अर्थात विश्वविद्यालयले प्रवाह गर्ने अध्ययन,अनुसन्धान,खोज, सिर्जना ,संरक्षण जस्ता सबै कार्यहरूमा समग्र विद्यार्थीहरूको समान अबसरको लागी नेतृत्वदायी भूमिका निर्वाह गर्दछ। साथै यसको सबल राजनैतिक पक्ष के हो भने , युवा विद्यार्थीमा राजनीतिक नेतृत्व क्षमताको बिकास एवं यूवा बिद्यार्थिहरूलाई संसदिय ब्यबस्थाको ज्ञात गराउनु र भोलीको राष्ट्रिय राजनीतिमा ईट्टा थप्नु पनि हो ।

यो युवा बिद्यार्थीको लागी शासन ब्यबस्था र निर्वाचन प्रणालीलाई प्रत्यक्ष अनुभब गर्न पाउने अवसर पनि हो। स्ववियु निर्वाचन कसरी हुन्छ ? स्ववियुको नेतृत्व चयन गर्ने प्रकृया नै स्ववियु निर्वाचन हो । विश्वविद्यालयका आंगिक क्याम्पसमा रहेका सबै विद्यार्थी संघ, संगठन आ-आफ्ना माउ पार्टीका भातृ संगठनका रुपमा लामो समयदेखी क्रियाशील रहीरहेका हुन्छन्। आफ्नो माउ पार्टीले लिएका राजनीतिक विचारधारा ,दर्शन, र सिद्धान्तलाई आत्मसात गर्दै उनीहरू विद्यार्थीहरूबीच आपसी मित्रगत प्रतिस्पर्धामा नेतृत्वका लागि प्रस्तुत हुन्छन र बिजय प्राप्त संगठन नै स्ववियुको नेतृत्व बन्छ । निर्वाचनका अन्य प्रकृयाहरू निर्देशिकामा उल्लेख गरे बमोजिम हुनेछन । राष्ट्रिय राजनीति र स्ववियु कसरी जोडिएका छन त ? अलिक केही गम्भीर र सबैले बुझ्न आबस्यक बिषयबस्तु हो यो ।

आज विश्वविद्यालयका विसंगतिको वकालत गर्न सक्ने बिद्यार्थी नेता नै भोली राष्ट्रिय बिसंगतीको बिरूद्द संसदमा आवाज उठाउन सक्छ । आज विद्यार्थीको पंक्तिमा सफल नेतृत्व गर्न सक्ने विद्यार्थी नेताहरू नै भोलि स्थानीय निकाय देखी राष्ट्रिय राजनीतिको कुशल नेतृत्व बन्ने सामार्थ्य राख्दछन । आज बिद्यार्थी आन्दोलनलाई सहिमार्गमा डोर्याउन सक्ने बिद्यार्थी नेतृत्व नै भोलिको राष्ट्रिय राजनीतिमा नेतृत्व प्राप्त गर्ने अवसरको खोजीमा दलगत साथै भुगोलको राजनीतिको सुरूवात गर्दछ ।

यसरी बिभिन्न चरणको नेतृत्व समाल्दै राष्ट्रिय राजनीतिमा उदाउने ताराहरूको बाटो स्ववियु निर्वाचन हुन नसकेपछी अफ्ट्यारो बन्दै गएको छ । लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेको नै जनमतको कदर गर्नु हो। यसको अभ्यासमा भोलिका कर्णधार युवा विद्यार्थीलाई सरिक हुने अवसर बाट बन्देज गर्नु नै राष्ट्रिय राजनीतिमा युवा वर्गलाई पछाडी पार्नु हो । त्यसैले अस्त्याउन लागेको बिद्यार्थी आन्दोलनलाई पुन जागरूक बनाउन ,ओझेलमा परेका बिद्यार्थीका मुद्दाहरूलाई बुलन्द पार्न र राष्ट्रिय राजनीतिमा युवा नेतृत्वलाई सहजता प्रदान गर्न स्ववियु निर्वाचन समयमै सम्पन्न गर्नु अपरिहार्य छ यस बिषयमा सरोकारवाला निकाय सबैले ध्यान पुर्याउनु आबस्यक छ |

Advertisement
Advertisement
Advertisement