Categories समाचार समाज

अस्पतालको शौचालयमा बच्चा जन्माएर आमा फरार

मलंगवा । प्रदेशिक अस्पताल मलंगवा सर्लाहीमा बच्चा जन्माएर आमा फरार भएकी छन्।

सुत्केरी गराउन पुगेक उनले छोरालाई जन्मदिएर फरार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। भारत बिहारको सीतामढी सोनवर्षाकी करिब २२ वर्षीया सैयम कुमारीले बच्चालाई जन्म दिएर फरार भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

Advertisement

सुत्केरी गराउन अस्पताल पुगेकी उनी शौचालन जान निस्किएकी थिइन्। बच्चालाई शौचालयमा नै जन्माएर उनी फरार भएको यादवले बताए। शौचालयमा बच्चा रोएको सुनेपछि घटना बाहिरिएको हो।

Advertisement

शिशुको अवस्था अहिले समान्य छ। शिशुलाई एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)को जिम्मा लगाई अस्पतालमा नै राखिएको छ। फरार सैयमको खोजी जारी रहेको प्रहरीले जनाएको छ। अन्नपूर्ण पोस्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *