Categories समाचार समाज

अनेरास्ववियु बाजुराले स्व. चेतनदिप अयडीको सम्झनामा स्मृति पार्क निर्माण गर्ने

Advertisement

नेपालअखबार, बाजुरा।अनेरास्ववियु बाजुराले स्व. चेतन अयडीको सम्झनामा स्मृति पार्क निर्माण गर्ने निर्णय गरेको छ।

बुधबार  नेकपा एमाले जिल्ला कमिटी पार्टी कार्यालय मार्तडीमा बसेको बैठकले उक्त निर्णय गरेको अनेरास्ववियु बाजुराका अध्यक्ष दिलबहादुर थापाले जानकारी दिए।

Advertisement

संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी त्रिवेणी नगरपालिकाको–७ मा पार्क बनाउने निर्णय भएको हो।

Advertisement

गत मंसिर ४ गते त्रिवेणी नगरपालिकाको ७ को मतदान केन्द्रमा भएको चुनावको विषयलाई लिएर भएको विवादका क्रममा अनेरास्ववियुका नेता अयडीको कुटपिटबाट हत्या भएको थियो।

हत्यामा संलग्न रहेको आरोपमा १० जनालाई प्रहरी पक्राउ गरेको छ।

अयडी हत्यामा किटानी जाहेरी परेका अझै १४ जना पक्राउ पर्न बाँकी छन्।

Advertisement
Advertisement
Advertisement