Categories अपराध समाचार

महिलाको चरित्र हत्या गरेको आरोपमा एक पक्राउ

Advertisement

नेपालअखबार, काठमाडाैं । महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

भक्तपुर नगरपालिका-९ बस्ने २५ वर्षीय सुमन त्योछिनलाई साइबर ब्युरोले पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए।

Advertisement

उनले सामाजिक सञ्जाल फेसबुकबाट एक महिलालाई साथी बनाएका थिए। कुराकानी गरी महिलालाई अश्लिल तस्बिरहरू प्रदर्शन गर्न कर गरेको प्रहरीले जनाएको छ।

Advertisement

त्‍यस्तै नग्न तस्बिरमा उनको टाउको जोडेर पीडित महिलाका आफन्त तथा साथीहरूलाई पठाएर मानसिक यातना र हैरानी गरेको आरोप छ।

उनलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो। उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

Advertisement
Advertisement
Advertisement