Categories राजनीति समाचार

राजेशमानको मनोनयन दर्ता गराउन जसपा अध्यक्ष यादव वीरगञ्जमा

Advertisement

वीरगञ्ज ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव आज (सोमवार) वीरगञ्ज आएका छन् । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ता गर्नका लागि जसपा केन्द्रिय अध्यक्ष यादव वीरगञ्ज आएका हुन् । 

सत्ता गठबन्धनको निर्णयबमोजिम जसपालाई मधेश प्रदेशको एक मात्र महानगरपालिका भागमा परेपछि जसरी पनि जिताउनुपर्ने यादवको भनाई छ । जसपाबाट वीरगञ्ज महानगरको मेयरमा राजेशमान सिँहले पार्टीका केन्द्रिय अध्यक्ष यादवको उपस्थितीमा मनोनयन दर्ता गराउने छन् ।

Advertisement

नेता तथा कार्यकर्ताको मनोवल बढाउन र जसपालाई नै भाग परेको महानगरमा जसपाले नै जित्ने विश्वास दिलाउन यादव वीरगञ्ज आउने कार्यक्रम रहेको पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादवले बताए ।

Advertisement

होटेल पुजनमा पार्टी अध्यक्ष यादवले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी , प्रतिनिधिसभा सदस्य प्रदीप यादव, प्रदेशसभा सदस्यद्वय जनत अन्सारी र भीमा यादव, मुकेश द्धिवेदी लगायत नेताहरुको उपस्थितिमा जनता समाजवादी पार्टी नेपालको तर्फबाट वीरगञ्ज महानगरपालिका नगरप्रमुख पदको उम्मेदवारको टिकट राजेशमान सिंहलाई दिएका हुन ।

मनोनयन दर्ता गर्न पनि केन्द्रिय अध्यक्ष नै आउनुले आफुलाई पनि हौसला थपिएको वीरगञ्ज महानगरपालिकाको मेयरका उम्मेदवार राजेशमान सिँहले प्रतिक्रिया दिए ।  

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *