Categories राजनीति विचार समाचार

झलनाथ खनाल र उपेन्द्र यादवबीच भेट

Advertisement

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष झलनाथ खनालबीच भेट भएको छ।

खनाल निवास डल्लुमा दुई नेताबीच अहिलेको समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।

Advertisement

‘हामीले अहिलेको घटनाक्रमबारे छलफल गर्यौं। यादवजीले अहिलेको त्रिशंकु संसदबारे चिन्ता जनाउनुभयो,’नेकपा एसका सम्मानित नेता खनालले भने,’वाम एकता गरेर अघि बढ्नुपर्ने यादवजीको सुझाव थियो। उहाँले सत्ताका लागि भन्दा पनि स्थायित्वको लागि सहकार्य हुनुपर्छ भन्नुभयो।’

Advertisement

अहिलेको सत्ता गठबन्धनबारे भने कुनै छलफल नभएको खनालले बताए।

नेकपा एमालेसँगको एकताका लागि प्रयास भइरहेको भन्ने  जिज्ञासामा उनले अहिलेसम्म गतिलो तरिकाले छलफल नै नभएको खनालले बताए।

‘वामपन्थी एकतामा त हामी सधैं तयार छौं। तर अहिलेसम्म त्यो तहको कुराकानी भएको छैन,’उनले भने,’एमालेसँग छलफल भइरहेको बारेमा पार्टी अध्यक्ष माधव नेपालले पार्टीमा जानकारी गराउनुभएको छैन। वार्ता भएको भए केही भन्नुपर्ने हो।

Advertisement
Advertisement
Advertisement