Categories विचार समाचार

सहकारीमा आर्थिक पारदर्शीता जरुरी छ : मेयर सिंह

Advertisement

वीरगञ्ज । शिवम् बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले उद्घाटन गर्दै सहकारीहरुले आर्थिक पारदर्शीतालाई ध्यान दिँदै बचत तथा लगानी गर्नु पर्नेमा जोड दिनुभयो ।

Advertisement

सहकारी भनेको संचालकले पैसा जम्मा गरेर आफू अनुकुल प्रयोग गर्ने मात्रै नभई सेयर सदस्यको हितमा काम गर्न आग्रह गर्नुभयो ।
सहकारीलाई आर्थिक संकलनका लागि मात्रै नलिई सेवाका लागि हो भन्ने भावना विकास गर्न सकिए मात्रै वास्तविक सहकारीको अवधारणाले मूर्त रुप लिने उहाँले बताउनुभयो ।

Advertisement

केही सहकारीको बदमासीले समग्र सहकारी माथि प्रश्न उठेको भन्दै अब सहकारी संचालकहहरु आफैँले पनि सहकारीलाई व्यवस्थित गर्न कदम चाल्न आवश्यक रहेको बताउनुभयो ।

सहकारीका अध्यक्ष शिवजी साह कलवारको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहकारीकर्मी हरेराम पटेल, शम्भु गुप्ता, चन्देश्वर चौरसिया लगायतको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *