Categories राजनीति समाचार

पर्सामा गठबन्धनको निर्वाचन उप-समिति गठन

Advertisement

पर्सा । आउँदो वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा गठबन्धको उदेश्य प्राप्ति गर्न गठबन्धनका ५ दलीय बैठक बस्दै विभिन्न शिर्षकमा निर्णय गरिएको छ। नेपाली कांग्रेस पर्साका सभापति जनार्द्धन सिंह क्षेत्रीको अध्यक्षतामा बसेको ५ दलीय बैठकमा ३ बुंदे निर्णय गरिएको जनता समाजवादी पार्टी पर्साका जिल्ला सचिव तथा स्थानीय तह निर्वाचन प्रचार प्रसार समिति संयोजक तबरेज अहमदले जानकारी दिनु भयो।

१४ स्थानीय तह भएको पर्साको वीरगंज महानगरपालिकामा गठबन्धनबाटै मेयर ,उपमेयर छिनोफानो लागिसकेको र बाकि १३ वटा पालिकाको लागि ३ बुंदे निर्णयहरु गरिएको उहाँले बताउनु भएको छ।

Advertisement

उहाँका अनुसार वीरगंज महानगरपालिका स्थानीय तह निर्वाचन परिचालन उप-समिति गठन गर्ने ,जनपरिचालन उप-समिति आवश्यकता अनुसार व्यक्ति,संघ/संस्था संग समन्वय गर्ने अधिकार समेत दिने र वीरगंज बाहेकका १३ स्थानीय तहका गाउँपालिका/नगरपालिकाका गठबन्धन सम्बन्धि अवस्थाको अध्ययन र आगामी कार्यक्रमको लागि जिल्ला स्तरीय उप-समिति गठन गर्ने गरि ३ बुंदे निर्णय गरिएको छ।

Advertisement

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद एवं जसपाका केन्द्रिय सदस्य प्रदीप यादवको विशेष उपस्थित रहेको ५ दलीय बैठकबाट नेपाली कांग्रेसका नेता श्याम पोखरेलको संयोजकत्वमा ६ सदसीय वीरगंज म.न.पा. स्थानीय तह निर्वाचन उप-समिति गठन गरिएको छ। ने.का.का प्रकाश उपाध्याय,नेकपा माओवादी केन्द्रका सुरेन्द्र गुप्ता,जसपाबाट जन्नत अन्सारी ,जसपाबाटै मुकेश द्विवेदी र नेकपा यसबाट मनोज चौधरी रहने गरि उप-समिति गठन गरिएको छ।

त्यसैगरी नेपाली कांग्रेसका नेता रामनारायण कुर्मीको संयोजकत्वमा पर्साका १३ स्थानीय तहमा गाउँपालिका/नगरपालिकाका गठबन्धन सम्बन्धि अवस्थाको अध्ययन र आगामी कार्यक्रमको लागि जिल्ला स्तरीय कार्यदल उपसमिति गठन गरिएको छ।

ने.का.बाट अशोक गुप्ता,नी.का.का लालन द्विवेदी,जसपाबाट जनार्द्धन यादव,जसपाबाटै तबरेज अहमद,नेकपा माओवादी केन्द्रबाट छोटेलाल यादव,नेकपा माओवादी केन्द्र कै शेख चाँद तारा र नेकपा एसबाट गङ्गा बहादुर खड्का रहने गरि आठ सदसीय उप-समिति गठन गरिएको जसपाका नेता तबरेज अहमदले जानकारी दिनुभएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *