Categories समाचार

मनोनयन भएका उम्मेदवारको नामावली आज प्रकाशन गरिने

Advertisement

बीरगन्ज । स्थानीय तह निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । १२ र १३ वैशाखमा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेको छ। उजुरी उपर कारवाही गर्ने नगर्ने निर्णय गरी आज साँझ ६ बजे सम्म अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।

भोलि साँझसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् भने उम्मेदवारको अन्तिम नामावली पनि भोलि नै प्रकाशन हुनेछ । निर्वाचन आयोगका अनुसार पर्सि १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

Advertisement

७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि साढे १ लाख ५२ हजार ४६५ जनाले उम्मेदवारी दिएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *