Categories समाचार

बैशाख ३० गतेदेखि लगातार चार दिन सार्वजनिक विदा

Advertisement

वीरगन्ज । बैशाख ३० गतेदेखि लगातार चार दिन सार्वजनिक विदा हुने भएको छ । बैशाख ३० गते शुक्रवार स्थानीय तह निर्वाचनको मतदान परेकाले निर्वाचन आयोगले नै देशभर सार्वजनिक बिदा दिनका लागि सरकारलाई अनुरोध गरिसकेको छ ।

चुनावको भोलिपल्ट अर्थात वैशाख ३१ गते शनिवार परेको छ । सरकारले आइतवार पनि सार्वजनिक बिदा दिने निर्णय गरिसकेकाले जेठ १ गते आइतवार पनि बिदा नै हुनेछ ।
यस्तै, जेठ २ गते सोमवार बुद्धजयन्ती पर्वको अवसरमा सार्वजनिक बिदा परेको छ ।

Advertisement

यस्तै, मतदान तथा चुनाव सम्बन्धित कार्य गर्न बैशाख २८ र २९ गते विद्यालयको उपयोग गर्नुपर्ने निर्वाचन आयोगले जनाएकाले यी दुई दिन पनि सार्वजनिक विद्यालयहरुमा पढाइ प्रभावित हुने देखिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *