Categories समाचार

स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या बढी, थप चिह्नसहित फेरि मतपत्र छाप्नुपर्ने

Advertisement

काठमाडौं । विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या बढी हुँदा निर्वाचन आयोगले थप चिह्नसहित फेरि मतपत्र छाप्नुपर्ने भएको छ ।

केही पालिकामा स्वतन्त्र उम्मेदवारी अनुमानभन्दा बढी पर्दा यसअघि छापिएको मतपत्रअनुसार उम्मेदवारलाई चुनाव चिह्न दिन नपुग्ने देखिएको छ।

Advertisement

जसले गर्दा आयोगले स्वतन्त्र उम्मेदवारी धेरै परेका स्थानीय तहका लागि फेरि मतपत्र छाप्ने तयारी गरेको छ।

Advertisement

शुक्रबार ५ बजेसम्म उम्मेदवारी फिर्ता लिनेको सङ्ख्यालाई समेत ध्यान दिई आयोगले यसअघि छापिएको मतपत्रमा चिह्न अपुग हुने पालिकाका लागि मात्र फेरि मतपत्र छाप्ने तयारी गरेको हो । आयोग स्रोतले भन्यो, केही पालिकामा अनुमानभन्दा धेरैको उम्मेदवारी परेको छ।

त्यसले गर्दा छापिएको मतपत्रमा समावेश गरिएको चिह्नले मात्र सबै उम्मेदवारलाई नपुग्ने देखिएको छ।

अपुग हुने पालिकाको सङ्ख्या यकिन गरेर शनिबार वा आइतबार नयाँ व्यवस्था गर्दैछौं। उम्मेदवारलाई शनिबार चिह्न प्रदान गर्ने कार्यक्रम आयोगको छ।

यो खबर आजको नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *