Categories समाचार

आचारसंहिता विपरित कार्य गर्ने कुनै पनि उम्मेदवारको उम्मेदवारी रद्द

Advertisement

वीरगञ्ज ।  निर्वाचन आयोगले आचारसंहिता विपरित गतिविधि गर्ने उम्मेदवारको उम्मेदवारी रद्द गर्ने जनाएको छ । देशभरीका स्थानीय तहमा विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुबाट निर्वाचन आचासंहिता विपरित कार्य भएको उजुरीहरु बढ्दै गएपछि आयोगले यस्तो चेतावनी दिएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ती जारी गँर्दै निर्वाचन आचासंहिता विपरित कुनै पनि कार्य गर्ने उम्मेदवारको उम्मेदवारी रद्द हुनसक्ने चेतावनी दिएका छन् । उनले विज्ञप्तीमा आचासंहिताबाहिर गएर कुनैपनि कार्य नगर्न सम्बन्धित दल र तिनका उम्मेदवारलाई आग्रह पनि गरेका छन् ।

Advertisement

आयोगले यसअघि पनि आचारसंहिता प्रतिकूल गतिविधि नगर्न नगराउन राजनीतिक दल तथा उम्मेदवारलाई सचेत गराइसकेको छ । दलका नेता तथा उम्मेदवारहरुले आचारसंहिताको पूर्ण परिपालना गर्ने प्रद्धिवद्धता जनाएपनि व्यवहारमा त्यस्तो नदेखिएको आयोगको भनाई छ ।

Advertisement

विज्ञप्तीमा भनिएको छ, “आयोगद्वारा कार्यान्वयनमा ल्याएको आचारसंहिता, २०७८ अनुसार सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने र कुनै पनि उम्मेदवारले आप्mनो कार्यालय बाहेकका स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र प्रदर्शन गर्न नहुने प्रावधान छ ।”

दल वा उम्मेदवारको चुनाव चिन्ह वा दलको झण्डाको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न वा गराउन नहुने आयोगले यसअघि पनि सूचित गराइसकेको जनाएको छ ।

आयोगले गरेको व्यवस्था विपरित कतिपय स्थानमा कानूनले वर्जित कार्य भैरहेको भन्ने आयोगको जानकारीमा आएको हुँदा राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि वा कुनै व्यक्तिले आचारसंहिता विपरीत पोष्टर, भित्तेलेखन, तुल, ब्यानर, डिजिटल डिस्प्लेजस्ता प्रचारात्मक सामग्री प्रयोग गरेको पाइएमा तत्काल हटाउने वा हटाउन लगाउने र त्यस्तो स्थानलाई दुरुस्त बनाई राख्न आदेश गरिएको विज्ञप्तीमा उल्लेख छ ।

आचारसंहिता प्रतिकूल सामग्री जुन स्थानमा राखिएको छ सोही स्थानीय तहको उम्मेदवारले राखेको ठहर गरी सोही दल वा उम्मेदवारबाटै हटाउन आदेश दिइसकिएको आयोगले जानकारी गराएको छ । आदेशको वर्खिलाफ गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपियाँसम्म जरिवाना गर्ने कानूनी व्यवस्था छ ।

“आचारसंहिता उल्लङ्घन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द गर्ने प्रावधानको सरोकारवालालाई स्मरण गराई कारवाहीका लागि आयोगमा सिफारिश गरी पठाउन सबै जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरुलाई निर्देशन पठाइ सकेको छ” प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *