Categories समाचार

आज (मंगलबार) सार्वजनिक बिदा ।

Advertisement

काठमाडौं । सरकारले आज सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले सोमबार विज्ञप्ति निकालेर मुस्लिम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र)को अवसरमा आज सार्वजनिक बिदा दिएको जनाएको छ।

‘मुस्लिम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र)का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएबमोजिम उक्त बिदा २०वैशाख मंगलबार कायम भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, गृहले जारी गरेको सूचनामा लेखिएको छ । मंगलबार ईद परेको भन्ने मुस्लिम आयोगका सिफारिसका आधारमा गृहले सार्वजनिक बिदाको सूचना जारी गरेको हो।

Advertisement

अरबी पात्रो हिजरी संवत्अनुसार १०औं महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईद उल फित्र पर्व मनाउँदै छन्।

Advertisement

१०औं महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ। यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *