Categories समाचार

स्थानीय निर्वाचनमा बाबु छोरा आमनेसामने

वीरगन्ज । पहिलो संविधानसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई चुनावमा हराएर चर्चा कमाएका रोल्पाली माओवादी नेता झक्कुप्रसाद सुवेदी यतिबेला असजिलोमा छन् ।

स्थानीय तह निर्वाचनमा झक्कु सुवेदीका छोरा सन्तोष सुवेदी विप्लव नेतृत्वको नेकपाको निर्देशन बमोजिम स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवार बनेका छन्।

Advertisement

बुवा नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता हुन् भने छोरा विप्लवका जिल्ला स्तरीय नेता हुन् । छोरा नै अर्को दलको प्रतिनिधित्व गर्दै स्वतन्त्रबाट उम्मेदवार बनेपछि सकस थपिएको हो । माओवादी केन्द्रका नेतासमेत  रहेका उनीहरू रोल्पा सुनिल स्मृति गाउँपालिका वडा न. ६ गजुलका स्थायी वासिन्दा हुन् ।

Advertisement

वडाध्यक्षको उम्मेदवार बनेका  सन्तोष जनतामा आफूबारे धारणा राम्रो रहेको बताउँदै विपक्षले भ्रम छर्न खोजेको आरोप लगाउँछन् । ‘बुवाको कारण मेरो भोट घट्दैछ,’ उनी भन्छन् ।

आजको नागरिक दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *