Categories समाचार

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बम नभएको पुष्टि

Advertisement

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बम नभएको पुष्टि भएको छ । विदेशबाट अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलमा बम भएको बताएपछि विमानस्थलमा हंगामा भएको थियो । 

फोन आएसँगै सेनाको बम डिस्पोजल टोलीसहितले सर्च गर्दा बम नभएको पुष्टि भएको हो । बुधबार बिहान अज्ञात व्यक्तिले विदेशबाट विमानस्थलको ६ ठाउँमा बम भएको भन्दै फोन फोन गरेर भ्रामक सूचना दिएका थिए । नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई ल्याण्ड लाइनमा फोन गर्दै आन्तरिक तर्फको टर्मिनलमा ६ ठाउँमा बम भएको सूचना दिएको पाइएको त्रिभुवन विमानस्थल कार्यालयका एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।

Advertisement

भ्रामक सूचना फैलाउने व्यक्तिले डिङटोङ नामक एप्स प्रयोग गरेर फोन गरेको पाइएको प्रहरीको भनाइ छ । ‘डिङटोङ नामक एप्स प्रयोग गरेर फोन गरेको पाइएको छ’, ढकालले भने, ‘६ ठाउँमा बम भएको भ्रामक सूचना आएपछि हामीले सेनासहितको सहयोगमा सर्च गर्दा केही पाइएन ।’

Advertisement

उनले विमानस्थलबाट बाहिर निकालिएका यात्रुहरुलाई पुन विमानतर्फ पठाउन थालिएको र अवस्था सामान्य बनेको जानकारी दिए । प्रहरीले भ्रामक सूचना दिने उपर अनुसन्धान भइरहेको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *