Categories राजनीति समाचार

पाँच दर्जन बढीले गरे जसपा प्रवेश

Advertisement

पर्सा। नेपाली काँग्रेस परित्याग गरेर ५ दर्जन भन्दा बढी कार्यकर्ताहरुले जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्। वीरगंज महानगरपालिका वडा नम्बर १५ जसपा ईकाई कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ६० जना भन्दा बढी कार्यकर्ताहरुले जसपा पार्टी प्रवेश गरेका हुन् ।

आज बिहान भएको पार्टी प्रवेश कार्यक्रममा जसपा प्रवेश गर्ने सबै जना काँग्रेसका कार्यकर्ता रहेको जसपा पर्साका जिल्ला सचिव एवं स्थानीय तह निर्वाचन प्रचारप्रसार समिति संयोजक तबरेज अहमदले बताउनु भयो।

Advertisement

स्थानीय तह निर्वाचन २०७९ नजिक नजिक आउदै गर्दा जसपा प्रति जनमानसको आस्था र विश्वास बढ्दै गएको उहाँले बताउनु भयो। साथै वडा नम्बर १५ लक्ष्मनवा टोलमा महानगरपालिकाको एक रुपैयाको पनि बजेट नचलेको कार्यक्रमका प्रमुख अतिथि एवं मुख्यमन्त्री लालबाबु गद्दीले उल्लेख गर्नु भएको छ।

Advertisement

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले यस वडामा भएभरको काम प्रदेश सरकारको मात्रै रहेको दावी गर्नु भयो। महानगरपालिकाको एक रुपैयाको बजेट पनि यस वडामा नआएको भन्दै उहाँले आक्रोस् समेत व्यक्त गर्नु भएको छ।

वडालाई समृद्ध बनाउन जसपालाई मतदान गर्न आग्रह गर्दै मुख्यमन्त्रीले आफ्नो मन्तब्यलाई बिराम दिनु भएको थियो।  
पार्टी प्रवेश कार्यक्रममा जसपा पर्साका जिल्ला अध्यक्ष रामनरेश यादव,केन्द्रिय सदस्य एवं संघीय सांसद प्रदीप यादव,वीरगंज महानगरका मेयर पदका उम्मेदवार राजेशमान सिंह लगायत जसपाका शिर्ष नेताहरुको उपस्थिति रहेको सचिव तबरेज अहमदले जानकारी दिनु भएको हो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *