Categories राजनीति समाचार

वीरगन्ज ३ मा जसपा उम्मेदवार स्वर्णकारको चुनावी घरदैलोमा तिब्रता।

Advertisement

वीरगन्ज । वीरगन्ज  महानगरपालिका  वडा  नम्बर  ३  मा पनि  जनता  समाजवादी  पार्टीले  चुनावी  घरदैलो  र  भेटघाट कार्यक्रमलाइ  तिब्रता  दिएको  छ ।

वडा  नम्बर  ३ मा  जसपाका  वडाअध्यक्षका  उम्मेदवार बैजुलाल  स्वर्णकारले  बिहीबार  पनि  नेता  कार्यकर्ताहरुको साथमा  मतदाताको  घरमा  पुगेर  घरदैलो  कार्यक्रम  गरेका हुन् ।
त्यसक्रममा  वडा  अध्यक्षका  उम्मेदवार  स्वर्णकारले जसपाका  उम्मेदवारलाइ  मत  दिएर  जिताउन  आग्रह  गरे ।

Advertisement

गत  निर्वाचनमा  आफु  वडा  अध्यक्ष  रहेका  बेला  आफुले वडा  नम्बर ३ का जनताको  हरेक  सुखदुखमा  साथ  दिएको स्मरण  गराउदै  उनले  फेरि  निर्वाचित  भएको  खण्डमा बाकी रहेको कामलाई निरन्तरता दिदै वडाको  विकास  र  समृद्धि  आफनो  पहिलो  प्राथमिकतामा रहने  प्रतिबद्धता  जनाए ।

Advertisement

गत  स्थानीय  निर्वाचनमा  स्वर्णकारले  भारी  ल्याइ  वडा   अध्यक्षमा  निर्वाचित  भएको   र  आसन   स्थानीय   निर्वाचनमा  पनि  स्वर्णकार  को नेतृत्वमा  जनता  समाजवादी  पार्टी  नेपालले  वडा  न. ३  मा  राम्रो  मत  ल्याउने  स्थानीयहरुको  विश्वास  रहेको  छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *