वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउँपालीमामा गोली चलाउने युवक पक्राउ परेका छन् ।
बिहिबार राती सखुवा पर्सौनी-१ औराहामा स्थानीय मंगल बहादुर बलोनको घरमा गोली प्रहार गर्ने युवक बन्दुकसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षिय युवक सल्टु महतो रहेका छन् ।
महतोलाई आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालका अनुसार शुक्रबार बिहान ८ बजे महतोलाई उनकै घरबाट बन्दुकसहित पक्राउ गरिएको छ ।
उनको घरबाट एक नाले १२ बोरको बन्दुक पनि बरामद गरिएको खनालले जानकारी दिए ।
पक्राउ परेका महत्तोलाइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको उनले बताए । यद्दपी गोली प्रहार गर्नुको यकिन कारण खुल्न नसकेपनि चुनावमा स्थानीयवासीलाइ त्रसित पार्न र व्याक्तिगत रिसबी फेर्न महत्तोले गोली चलाएको हुन सक्ने प्रहरीको अनुमान छ ।
सखुवा प्रसौनी गाँउपालिका १ औराहा स्थित जंगल छेउ रहेको स्थानीय मंगल बहादुर बलोनको घर लक्षित गरि बिहीबार राति साढे ९ बजे तिर महतोले १२ बोरको बन्दुकबाट ३ राउण्ड गोली प्रहार गरेका थिए ।
महतोले प्रहार गरेको गोलीले ब्लोनको घरको बाँसको टाटी छेडेर घर भित्र रहेको चामलको बोरामा कटुवा पेस्तोलको गोलीको टुक्रा भेटिएको थियो ।
स्थानीयवासीले भने बलोनको घर नजिकै नेपाल सुशासन पार्टीको चुनावी भोज चलिरहेको र नजिकै स्थानीय समुदायको अर्को बैठक चलिरहेका बेला गोली चलेको बताएका थिए ।







