Categories राजनीति समाचार

पर्साको ठोरी २ मा स्वतन्त्र उम्मेदवार पंण्डित चुनावी मैदानमा ।

Advertisement

वीरगन्ज । पर्साको  ठोरी  गाउँपालिका  वडा  नम्बर  २  मा वडाअध्यक्षका  लागि  उम्मेदवारी  दिएका  छन  देबजङ  पंण्डित । स्थानीय  तह  निर्वाचनको  समय  नजिकिँदै जादा   पंण्डितले  चुनावी  घरदैलो  र  भेटघाट कार्यक्रमलाइ  तिब्रता  दिएका  छन ।

वडा  नम्बर  २  मा  स्वतन्त्र   वडाअध्यक्षका  उम्मेदवार पंण्डितले  शुक्रबार   पनि  नेता  कार्यकर्ताहरुको साथमा  मतदाताको  घरमा  पुगेर  घरदैलो  कार्यक्रम  गरेका हुन् ।
त्यसक्रममा  वडा  अध्यक्षका  उम्मेदवार  पंण्डितले आफुलाइ   मत  दिएर  जिताउन  आग्रह  समेत  गरे ।

Advertisement

विगतका  दिनहरुमा आफुले वडा  नम्बर  २  का जनताको  हरेक  सुखदुखमा  साथ  दिएको स्मरण  गराउदै  उनले  आफु निर्वाचित  भएको  खण्डमा वडाको  विकास  र  समृद्धि  आफनो  पहिलो  प्राथमिकतामा रहने  प्रतिबद्धता  जनाए ।

Advertisement

आसन्न  स्थानीय  निर्वाचनमा  धारा  छाप  पाएका  पंण्डित  को  नेतृत्वमा  वडा  न. २  मा  राम्रो  मत  ल्याउने  स्थानीयहरुको  विश्वास  रहेको  छ ।

स्वतन्त्र उमेदवार  पंण्डितले सार्वजनिक गरेको प्रतीज्ञा पत्र  
१) वडामा कुनैपनी किसीमको भष्ट्रचार्‌ हुन दिने छैन/ गर्ने छैन ।
२)  ५ बर्षको प्रत्येक घण्टा घण्टा नमुना बडा निर्माणको लागी लाग्ने छ ।
३) वडाका हरेक नागरीकको अभिभावकत्वको प्रत्याभुती दिलाउने ।

सेवामुखी र बिकाशमा निम्न काम गर्ने  पंण्डितको प्रतिबद्धता
१) बिकासको पहिलो पुर्बाधार सडक भएकोले हुनाले वडा भित्रका हरेक सार्बजानिक सडक न्युनतम ८ -१० मिटरको बनाउने ।
२) वडाका हरेक टोलमा एम्बुलेन्स र दमकल पुग्ने सक्ने बनाउने ।
३) हरेक टोलमा टोल सुधार्‌ समीती गठन गरी सहभागीता मुलक समाज निर्माण गरी वडाका टोल-टोल परीवर्तन गर्ने । बिकासको कामको योजना निर्माणा , योजनाको कामको समिक्षा र जनसेवा प्रवाहको अन्तरकृया गर्ने  ।
४) हरेक घर – टोलमा खानेपानी र सिर्चौई पुर्याउने  ।
५) वडाको स्रोतलाई मध्य नजर गर्दै महिला र वृद्धका लागि
स्वास्थ्यमा बिशेष प्याकेजको ब्यवस्था गर्ने ।
६) पर्यटकिय स्थानहरू प्रयाप्त भएकाले ति स्थानको संरक्षण गर्दै स्थानीय जनता र वडाको आम्दानी बढाउने कार्य गर्ने  ।
७) कृषीमा आधुनीकरण सहित दकल जनशक्ती बाट कृषीमा आत्मानिर्भर र निर्यात गर्ने अवस्था सृजना गर्ने  । वडा भित्रका कुनै पनि जमिन बाझो नराख्ने निति बनाउने ।
८) भेटनरीलाई थप व्यवस्थित  बनाई नागरीकले तुरुन्तै भेटनरी सेवा लिने बनाउने  ।
९) ऐतीहासीक स्थानको रुपमा चिनीएको ठोरी लाई यहाँको ईतीहास समेट्ने संग्रालय र पर्यटक आउने पार्क निर्माण गर्ने ।
१०) ब्यवस्थीत र गुणात्मक निवास निर्माणाका लागी नागरीकलकलाई सहुलीयतमा घरको नक्सा पास गराई संरचना बनाउन ब्यस्था गर्ने
११) सामाजीक सुरक्षा भत्ता घर घरमा गएर उपलब्ध गराउने  ।
१२) जनसेवाको सुरक्षार्थ मुख्य स्थानमा सिसिटीमी जडान गर्ने ।
१३) हरेक सुचना जनतालाई तुरुन्त जानकारी हुने ब्यवस्था
गर्ने।
१४) महिलाहरुलाई सिपमुलक आय आर्जन कार्यक्रम  संचालन गर्ने र सामाजिक  सुरक्षा दिलाउने ।
१५) ” एक टोल एक उत्पादन “ कार्यक्रम संचालन गर्ने ।
१६) हरेक टोललाई पर्यटकीय बिकासमा रुपान्तरण गरेर हरेक घरलाई आम्दानी बढाउने कार्यक्रम राख्ने ।
१७) युवाको खेलकुद बिकास लागी र वडा नागरीकको स्वास्थ्यको लागी ईनडोर- आउटडोर फिटनेश सेन्टरको स्थापना गर्ने।
२८) नदी तटबन्धन र जनावरबाट हुने क्षती न्यूनिकरण गर्ने ।
अन्य

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *