वीरगन्ज । स्थानीय तह निर्वाचनको समय तोकिए संगै विभिन्न पदमा उमेदवारी दिएका उमेदवारलाई भयाई नभयाइ छ । मत पाउन र जनता रिझाउन घरदैलो गर्नुका साथै पम्पलेट, स्टिकर झण्डा आदि इत्यादि टोल टोलका गल्ली गल्लीमा आफैं होस वा आफ्ना कार्यकर्ता मार्फत टासिने तथा वितरण गरिएको समेत देखिन्छ।
उमेदवारी दिएका उमेदवारहरुले आफैं जन्ताको घरदैलोमा जान न्भयाउने र आफु मत पाउन अन्य रणनीति बनाउन व्यस्त रहदा उनको साटो उनका प्रतिनिधि बनेर गाउँ सहरको गल्ली गल्लीमा पुग्छ चर्को स्वरमा उनको प्रचारको लागि बनाइएको गितका गाडीहरु । आफ्नो वडा र नगरलाई भय रहित बनाउन वाचा गरिरहदा तिनिहरुले नै खर्च गरेर बनाएको गितको ठुलो आवाजले बच्चा र बृद्धलाई बेसरी सताइरहेको छ।
झन चुनावको समय जति जति नजिकिँदै छ तिनका गाडी , गाडीमाथि बाजा र परिक्रमा गर्ने समय बढ्दै गइरहेको छ। केही सचेत नागरिकले आ आफ्नो हिसाबले बिरोध गरिरहदा अधिकांश व्यक्ति कुनै न कुनै राजनीति दल संग आबद्ध तथा प्रभावमा रहेकोले ठुलो स्वरमा गित बजाउने उमेदवारहरुले यस विषयमा खासै चासो नदिएको समेत देखिदैछ ।
निर्वाचन अचारसंहिता ठाडै उल्लंघन गरेर दल र उम्मेदवारहरुले इरिक्सा र अटोमा आफनो चुनावी पोष्टर र ब्यानेर टाँसेर ठूल् ठूला लाउडस्पीकर बजाएर घुमाइरहे पनि न त निर्वाचन कार्यालयले रोकेको छ न त स्थानीय प्रशासनले नै कुनै कदम उठाएको छ ।
बैशाख ३० को निर्वाचनका लागि मनोनयन दर्ता हुनु भन्दा दुइ हप्ता पहिले देखि नै दल र उम्मेदवारहरुले इरिक्सा र अटोमा ठूल् ठूला लाउड स्पीकर र हर्नबाट चुनावी गीत र नारा बजाएर भोट मागी रहेका छन् ।
महानगरका ३२ वटै वडामा चुनावी प्रचारका लागि बिहान देखि राति सम्म वडा अध्यक्षका उम्मेदवारहरुका चुनावी प्रचार गरिरहेका इरिक्सा र अटोमा बजिरहेको चर्को ध्वनी प्रदुषणले नगरवासी आजित भएका छन् ।
एउटा वडामा दलगत र स्वतन्त्र गरि सरदर आधा दर्जन वडा अध्यक्षका उम्मेदवार छन् ।हरेक उम्मेदवारले कम्तिमा पनि ५÷६ वटा इरिक्सा र अटोबाट चर्को ध्वनी बजाएर आफनो प्रचार गरिरहेका छन् ।
वीरगन्ज महानगरपालिकाको प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले पनि चुनावी प्रचारका लागि भइरहेको ध्वनी प्रदुषण बारे मौखीक गुनासो आएको बताए । पौडेलले भने ,‘ एक त ध्वनी प्रदुष्ण गर्नै पाइदैन , अर्कोे कुरा यसरी प्रचार गर्नु निर्वाचन आचार संहिताको ठाडो उल्लंघन पनि हो । आचारसंहिता उल्लंघन गर्ने दल वा उम्मेदवारलाइ कार्वाहीका लागि निर्वाचन आयोगमा सिफारिस गरिने उनले बताए ।
यता पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले ध्वनी प्रदुषण गरेका दल वा उम्मेदवार विरुद्ध कसैले लिखित जाहेरी दिए प्रहरीले तुरुन्तै मुद्धा चलाइ दिने बताए । ढकालले भने ,‘ ध्वनी प्रदुषण गर्नु फौज्दारी संहिता विरुद्ध हो , ध्वनी प्रदुषण गर्नै पाइदैन , यदि कसैले जाहेरी दिए प्रहरीले मुद्धा चलाइ दिन्छ । प्रजिअ ढकालले चुनाव प्रचारमा कसैले पनि ध्वनी प्रदुषण गर्न नपाउने भनेर सर्वपक्षीय बैठकले पनि पटक पटक निर्णय गरिसकेको भएपनि त्यस्को व्यापक उल्लंघन भइरहेको बताए ।







