वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर २४ मा नेकपा एमाले पार्टीले चुनावी घरदैलो र भेटघाट कार्यक्रमलाइ तिब्रता दिएको छ । आज वडा अध्यक्ष उमेदवार पटेलको नेतृत्वमा घरदैलो संगै मोटरसाइकल रैली निकालिएको थियो ।
वडा नम्बर २४ मा नेकपा एमालेबाट वडाअध्यक्षका उम्मेदवार बिजय पटेलले आइतबार पनि नेता कार्यकर्ताहरुको साथमा मतदाताको घरमा पुगेर घरदैलो कार्यक्रम गर्नुका साथै मोटरसाइकल रैली निकालेका हुन् । त्यसक्रममा वडा अध्यक्षका उम्मेदवार पटेल ले आफु सहित आफ्नो पार्टीलाई मत दिएर जिताउन आग्रह समेत गरे ।
विगतका दिनहरुमा आफुले वडा नम्बर २४ का जनताको हरेक सुखदुखमा साथ दिएको स्मरण गराउदै उनले आफु निर्वाचित भएको खण्डमा वडाको विकास , समृद्धि शिक्षा , स्वास्थ र समाजिक जनचेतना आफनो पहिलो प्राथमिकतामा रहने प्रतिबद्धता जनाए ।
गत निर्वाचनमा जनचेतनाको आभावमा लगभग ८० मत बदर भइ ११ मतले पराजित भएका पटेल आसन्न स्थानीय निर्वाचनमा आफ्नो नेतृत्वमा वडा न. २४ मा राम्रो मत ल्याउने विश्वास लिएका छन ।







