Categories राजनीति समाचार

जनताको मत र समर्थन हुँदाहुँदै पनि बाकसमा मत खसाल्न सकिएन -अध्यक्ष नेपाल

Advertisement

नेपालअखबार, काठमाडौँ ।  युवा संघ नेपालले एकीकृत समाजवादीका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ । युवा संघ नेपाल काठमाडौँले  आफ्नो पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ ।

बुधबार भएको सम्मान कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले  हामीले थ्रेसहोल्ड पार गरेको भए कसैले हवाईजहाज दिन्थ्यो, रकम दिन्थ्यो भन्ने प्रश्न गर्नुभएको थियो ।

Advertisement

अध्यक्ष माधवकुमार नेपालले भन्नुभयो  ‘जनताको मत र समर्थन हुँदाहुँदै पनि बाकसमा मत खसाल्न सकिएन र थ्रेसहोल्ड पार भएन,’ , ‘हाम्रा नेता कार्यकर्ता जसरी खट्नुपर्थ्यो त्यसरी भएन।’

Advertisement

थ्रेसहोल्ड पार गर्न नसके पनि केही नहुने भन्दै अध्यक्ष नेपालले  ‘थ्रेसहोल्ड पार गरेको भए हामीलाई एउटा हेलिकप्टर वा हवाईजहाज दिन्थ्यो कि केही दिनेवाला थिएन। कुनै पार्टी अफिस दिन्थ्यो कि, कुनै रकम दिन्थ्यो कि केही दिन्थेन ,’  ‘कतिपय देशमा सिटका आधारमा सरकारले पैसा दिने व्यवस्था छ। तर यहाँ केही फरक पर्नेवाला नभएको बताउनु भयो ।’

Advertisement
Advertisement
Advertisement