Categories राजनीति समाचार

एकीकृत ट्रेड युनियन महासंघ बैशाख १८ देखि २० मा राष्ट्रिय महाधिवेशन गर्ने

Advertisement

नेपालअखबार, काठमाडौं । एकीकृत ट्रेड युनियन महासंघ नेपाल आईसिटीयूको बैठक सम्पन्न भएको छ ।  सोमवार काठमाडौं स्थित गार्डेन होम ठमेलमा सम्पन्न भएको  छैटौँ राष्ट्रिय कमिटी बैठकले आगामी २०८० बैशाख १८ देखि २० सम्म राष्ट्रिय महाधिवेशन गर्ने  निर्णय गरेको छ ।  एकीकृत ट्रेड युनियन महासंघ नेपाल आईसिटीयूका अध्यक्ष विष्णु लम्सालको अध्यक्षतामा बसेको बैठकले आगामी कार्ययोजना समेत पारित गरेको छ ।

एकीकृत ट्रेड युनियन महासंघ नेपालका महासचिव  दीपक पौडेलले सञ्चालन गरेको कार्यक्रम  औपचारिक अनौपचारिक श्रमको बारेमा श्रम विभागका निर्देशक लगायतबाट प्रशिक्षण लगायत प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको समीक्षा गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement