अन्जली कुमारी
वीरगञ्ज । केही दिन यता अत्यधिक बढेको चिसो मौसमलाई मध्यनजर गर्दै ४० थान न्यानो कम्बल वितरण गरिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ भेडि़याहीका अति विपन्न, गरिब एवम् अशक्त परिवारलाई कम्बल वितरण गरिएको हो ।
संजय साई अर्गनाइजेशन नेपालको सहयोगमा अशक्त, अति विपन्न, गरिब, गर्भावती, सुतकेरी, एकल महिला तथा असहायहरुलाई न्यानो कम्बल वितरण गरिएको सामाजिक अभियानता प्रकाश थारुले जानकारी दिए ।
सस्थांकी संयोजक लक्ष्मी पोखरेलको अध्यक्षतामा सम्पन्न सो अभियानमा वडाध्यक्ष जितेन्द्र यादव, रेखा कार्की, पर्सा श्रीमती चिकित्सक सघंको सदस्य अन्जली गुप्ता लगायत स्थानीय जनप्रतिनिनधिको उपस्थितीमा कम्बल वितरण गरिएको हो ।







