Categories समाचार

महिनाको ३५ प्रतिशत बजेट खर्च गर्नुपर्ने

Advertisement

काठमाडौं । सरकारले शतप्रतिशत पुँजीगत खर्च गर्न महिनाको ३५ प्रतिशत बजेट खर्च गर्नुपर्ने भएको छ ।

पहिलो तीन महिना १० प्रतिशत र त्यसपछिका हरेक महिना १०र१० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने लक्ष्य सरकारले राखे पनि १० महिनामा ३० प्रतिशतको आसपासमा मात्रै पुँजीगत खर्च भएको छ।

Advertisement

हुन त सरकारले अर्धवार्षिक समीक्षा गर्दै पुँजीगत खर्चको लक्ष्य १० प्रतिशत घटाएको छ । तर, सो लक्ष्य पूरा गर्न पनि सरकारले अब हरेक महिना ३० प्रतिशतका दरले बजेट खर्च गर्नुपर्ने देखिएको छ।

Advertisement

महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७७\०७८ को तुलनामा यस आवमा न्यून खर्च भएको छ। यद्यपि अघिल्लो वर्ष कोरोना महामारीका कारण दसौँ महिनामा लकडाउन भएको थियो ।

अघिल्लो वर्षको तुलनामा अवस्था सामान्य भए पनि पुँजीगत खर्चमा त्यसको नतिजा भने नदेखिएको महालेखाको तथ्याङ्कले देखाएको छ।

यो खबर आजको कारोबार दैनिकमा छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *