Categories समाचार

४४ वटा मतदान केन्द्रको निर्वाचन स्थगित

काठमाडौं : निर्वाचन आयोगले देशभरि ४४ वटा मतदान केन्द्रमा निर्वाचन स्थगित भएको जानकारी दिएको छ। शुक्रबार पत्रकार सम्मेलनमार्फत् १४ जिल्लाको १८ पालिकाअन्तर्गत २८ मतदानस्थलको ४४ वटा मतदान केन्द्रको निर्वाचन स्थगित भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए।

मौसम प्रतिकूलता र राजनीतिक दलहरुबीच भएको झडपका कारण निर्वाचन स्थगित गर्नुपरेको थपलियाले बताए।

Advertisement

‘स्थानीय तह निर्वाचन उत्साहपूर्ण सम्पन्न भएको छ। तथापि मौसम प्रतिकूलता र राजनीतिक दलहरुबीच भएको झडपका कारण देशभरि ४४ वटा मतदान केन्द्रको निर्वाचन स्थगन गर्नुपरेको छ,’ उनले भने।

Advertisement

उनले स्थगित भएको ठाउँमा छिट्टै मतदान गर्ने बताए। ‘स्थगित भएको ठाउँमा छिट्टै पुनः मतदान हुन्छ। त्यहाँ वस्तुस्थितिबारे जानकारी लिने काम भइरहेको छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *