Rato Pana
खेलकुद

मनुश्री ̸ भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिस यू–८ मा इभानलाई उपाधि

नेपालअखबार, पोखरा स्पोर्टस । पोखरामा जारी दोस्रो मनुश्री ̸ भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा शुक्रबार यू–८ ब्वाइजतर्फ इभान भट्टराईले उपाधि जितेका छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा सम्पन्न यू–८ ब्वाइज सिंगल्स फाइनलमा २–० को सोझो सेटमा पराजित गरी इभानले उपाधि जितेका हुन् ।

निकै प्रतिष्पर्धात्मक रहेको खेलमा बेदान्त चालिसेलाई टाइ ब्रेकरमा पराजित गरेका थिए । पहिलो सेट १०–७ ले जितेका इभानले दोश्रो सेट १०–२ ले जिते । प्रतियोगितामा भिरल अग्रवाल र जिवश भट्टराई तेश्रो भएका छन् ।

त्यस्तै शुक्रबार नै यू–९, यू–१० र यू–१२ उमेर समुहका ब्वाइज तथा गल्र्सतर्फ सेमीफाइनलका समिकरण पुरा भएका हुन् ।

प्रतियोगिता अन्तर्गत यू–९ ब्वाइज सिंगल्स इभान भट्टराइले फाइनलमा आयर्शराज पौडेलको सामना गर्ने छन् । इभानले टाइब्रेकरमा सोरा प्रजापतीलाई टाइब्रेकरमा धकेलिएको खेलमा १०–७, ८–१० र १०–९ ले पराजित गर्दै फाइनलको यात्रा तय गर्दा आयर्शले सुभान केसीलाई ६–०, ६–० को सोझो सेटमा पराजित गर्दै इभान संग भेट पक्का गरेका हुन् ।

त्यसै गरी यु–१० ब्वाइज सिंगल्समा विश्व डल्लाकोटी र इलेश गौतमलाई ६–१ र ६–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरे ।

यता गल्र्स सिंगल्सतर्फ यू–१० को खेलमा सारा पन्तले केजिया शाक्यलाई ६–०, ६–१ को सोझो सेटमा हराउँदै उपाधि नजिक पुगेकी छन् । यू–९ तर्फको एक अर्को गल्र्स सिंगल्समा साराले नै जियो केसीलाई ४–१, ४–० मा पराजित गर्दै दोहोरो उपाधि तर्फको नजिक पुगेकी छन् ।

प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२ ब्वाइज तथा गल्र्स सिंगल्सका साथै ओपन ब्वाईज तथा गल्र्स डबल्स गरी विभिन्न १४ ईभेन्टमा प्रतिस्पर्धा भइरहेकोमा यू–१४ र यू–१६ का इभेन्टहरु भने सम्पन्न भइसकेका छन् ।

जुनियरतर्फ यू–८, यू–९ र यू–१०, ब्वाईज तथा गल्र्स सिंगल्स बिजेता तथा उपबिजेताले गिफ्ट ह्याम्पर तथा मेडल प्राप्त गर्ने छन् भने यू–१२ ब्वाईज तथा गल्र्स सिंगल्स बिजेताले जनही नगद रु ८ हजार तथा उपबिजेताले जनही नगद रु ५ हजार सहित मेडल प्राप्त गर्ने प्रतियोगिताकी संयोजक प्रिती बरालले जानकारी दिएकी छन् ।

प्रतियोगितामा ३७ जना खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा गल्र्सतर्फ १५ र ब्वाइजतर्फ २२ खेलाडीहरुको सहभागिता रहेको छ । फाइनल खेलहरु शनिबार सञ्चालन हुने आयोजक टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङले जानकारी दिए ।

सम्वन्धित समाचार