काठमाडौं : काठमाडौं महानगरपालिकाको मतगणना स्थगित गरिएको छ।
मत गणकको विश्रामका लागि गणना स्थगित गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
अहिले विहान केही बेरमा पुन: सुरु हुने बताइएको छ।
काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन्।





