Categories समाचार

सर्बियामा नेपाली कामदारको आकर्षण

Advertisement

काठमाडौँ । नयाँ थपिएको श्रम गन्तव्य मुलुक सर्बियामा नेपाली कामदारको आकर्षण देखिएको छ । वैदेशिक रोजगारीका लागि बाध्यतावश विदेश जाने नेपाली कामदारको रोजाइमा नयाँ श्रम गन्तव्य मुलुक सर्बिया पर्न थालेको हो।

अहिले विभिन्न मेनपावरमा पुग्ने युवाले भर्खर थप भएको नयाँ श्रम गन्तव्यमूलक सर्बियामा जाने अवसर मिलाइदिन आग्रह गरिरहेको सम्बन्धित सरोकारवाला एवं वैदेशिक रोजगार व्यवसायीले बताएका छन् । उनीहरूले हाल धेरै युवाले भर्खर थप भएको सर्बियामा जाने प्रक्रिया छिटो अघि बढाउन माग गर्नेहरूको सङ्ख्या अत्यधिक बढेको बताएका छन्।

Advertisement

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा भर्खर नयाँ श्रम गन्तव्य राष्ट्र सर्बिया थप भएको हो। केही दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले वैदेशिक रोजगार ऐन २०६४ को दफा ३ को उपदफा ३ बमोजिम मित्रराष्ट्र सर्बियामा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको थियो।

Advertisement

याे खबर आजको राजधानी दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *