Categories राजनीति हाइलाइट-समाचार

वीरगन्ज : महानगरमा नेपाली कांग्रेसको दोस्रो जित 

Advertisement

पर्सा । वीरगन्ज महानगरमा नेपाली कांग्रेसको तर्फबाट दोस्रो जित वडा न ४ का जग साह कानुले आफ्नो नाम गरेका छन्  । वडा नम्बर ४  मा नेपाली कांग्रेसबाट उमेदवारी दिएका कानु  ८४८ मत बढी ल्याइ निर्वाचित भएका छन ।

यहीँ शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना शनिबारदेखि शुरु भएको थियो । सुस्त गतिमा चलिरहेको मतगणनाबाट हिजो राति वीरगन्ज महानगरमा नेपाली कांग्रेसले दोस्रो जित हाथ पारेको छ।

Advertisement

जसपा र नेकपा एमालेलाई हराउदै वीरगन्ज महानगर वडा न ४ मा नेपाल कांग्रेस विजयी भएको हो । जसपाका सुदिप लामा २२९ मत र नेकपा एमाले २०६ मत पाउदा नेपाली कांग्रेसका उमेदवार कानुले १०७७ मत ल्याइ विजयी भएका छन ।

Advertisement

कानु पछिल्लो स्थानीय तह निर्वाचनमा सोही वडामा वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *